Harsamaya
तीन रूपैयाँले बढ्यो डिजेल र मट्टीतेलको भाउ
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

नेपाल आयल निगमका अनुसार डिजेल र मट्टितेलको भाउ बढेको हो । आइतबार बिहानदेखि लागु हुने गरी मूल्य बढाइएको निगमले जनाएको हो ।

निगमले डिजेल/मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँले बढाएको छ । पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

cac8bc7c-e612-44eb-8978-86be2d7d2de6-1769871593.jpg
 

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  २०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update