Harsamaya

काठमाडौं - नेपाली काङ्ग्रेसका सभापति गगन थापाले नेपाली काङ्ग्रेस एक ढिक्का भएर फागुन २१ गतेको निर्वाचन तर्फ अगाडि बढी रहेको बताएका छन् । मधेस प्रदेश कार्यसमिति र प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूको विशेष कार्यक्रममा उनले नेपाली काङ्ग्रेसको निवर्तमान सभापति र पार्टीका अन्य नेताहरूसँग निरन्तर संवादमा रहेको भन्दै फागुन २१ गतेको निर्वाचन एकसाथ अगाडि बढ्ने तयारी गरिरहेको बताए ।

उनले भने, ‘अहिले नेपाली काङ्ग्रेसको निवर्तमान सभापति शेर बहादुर देउवासँग निरन्तर संवादमा छु, पार्टीका अन्य नेताहरूसँग पनि निरन्तर संवादमा छु । नेपाली काङ्ग्रेस पार्टी एक ढिक्का भएर फागुन २१ गतेको निर्वाचन तर्फ अगाडि बढी रहेको छ । त्यसैले कहीँ कतै कसैले पनि हिजोको कुरालाई लिएर मनमा केही नराख्नु होला ।’

फागुन २१ पछि पनि पार्टीका सबै जना सदस्यहरू एक ढिक्का भएर मिलेर अगाडि बढ्ने पनि उनको भनाई छ ।
पार्टीभित्र कुनै गुट नरहेको भन्दै हिजोका कुराहरू बारेमा अड्किएर बस्ने सुविधा कसैसँग पनि नरहेको पनि बताए ।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update