Harsamaya
च्छो-रोल्पा साँझमा ६ जना सम्मानित
तस्वीर: हर समय/Har samaya

काठमाडौं - गौरीशंकर च्छो-रोल्पा मिडिया प्रालिले छैठो वर्ष पुरा गरी सातौं वर्षमा प्रवेश गरेको छ । बिहीबार सो मिडियाले सातौ वर्ष प्रवेश गरेको अवसरमा च्छो-रोल्पा साँझ २०८२ मनाएको हो । वार्षिकीको अवसरमा सो मिडियाले ६ जनालाई सम्मान गरेको छ । 

शिवराम थपलिया च्छोरोल्पा सामाजिक सम्मान सेवा-२०८२, सुवास योञ्जन पत्रकार सम्मान- २०८२, रामचन्द्र कार्की च्छोरोल्पा राष्ट्रसेवक सम्मान -२०८२, लक्ष्मी श्रेष्ठ च्छोरोल्पा कलाश्री सम्मान -२०८२, रमेश खतिवडा च्छोरोल्पा पत्रकारिता सम्मान-२०८२ र लाइफ टाइम अचिभमेन्ट -२०८२बाट पत्रकार जीवन लामा सम्मानित भएका छन् । लामा २० वर्षदेखि फोटो पत्रकारितामा जमिरहेका छन् । 

कार्यक्रममा ४ जनालाई प्रसंशापत्र दिइएको थियो । खड्की समाजका अजिता खड्की,  संगम सरोकार मन्च, बानेश्वरका देवराज शर्मा, एकता समाज, बानेश्वरका यमन कोइराला र लोकदोहोरी गायक असिम कटुवाललाई प्रसंशापत्र वितरण गरिएको थियो । कार्यक्रममा तत्कालीन जिल्ला विकास समिति दोलखाका पूर्व सभापति रुद्र खतिवडा  र  सचिव जिसस दोलखाका भिमबहादुर बुढाथोकीलाई धन्यवाद पत्र ज्ञापन गरिएको थियो । 

कार्यक्रम सोवित उप्रेतीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै उप्रेतीले गौरीशंकर च्छो–रोल्पा मिडिया प्रालिले सूचनाको माध्यमबाट समाजलाई सचेत गराउने अभियानसंगै साहित्य, संस्कृति र गीतसंगीतको माध्यमबाट पर्यटन प्रर्वद्धनमा समेत महत्वपूर्ण टेवा पुर्याएको बताए । 

बरिष्ठ कलाकार मदनदास श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा बागमती प्रदेश सांसद दिपेन्द्र श्रेष्ठ, तत्कालीन जिल्ला विकास समिति दोलखाका सभापति रुद्र बहादुर खड्का, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रमेश खतिवडा, नेपाल सरकारको पूर्व सचिव देवेन्द्र प्रसाद सिटौला, युवा समाजसेवी नबराज खड्का लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update