Harsamaya
 सुन तोलामा २० हजारले बढ्यो 
प्रतिकात्मक तस्वीरः हर समय/harsamaya

काठमाडौं - आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल सात हजार ५०५ कायम भएको छ ।

बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल सात हजार ३०० कायम भएको थियो । 

यसैगरी, गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल ६ हजार ८७० कायम भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५६० र त्यति नै परिमाणको सेतो धातु १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update