सुनको मूल्यमा दिनकै नयाँ रेकर्ड
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९ हजार ८०० रुपैयाँले बढेर तोलामा तीन लाख १९ हजार ८०० सय रुपैयाँ पुगेको हो ।
महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ३ लाख ९ हजार ३०० रुपैयाँ थियो ।
त्यस्तै ,चाँदीको मूल्य पनि ७ हजार ३०० रुपैयाँ पुगेको छ । मंगलबार चाँदीको मूल्य तोलामा ६ हजार ८७० रुपैयाँ कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको सेतो धातु १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, माघ १४, २०८२ १२:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

