Harsamaya
मुस्ताङमा  हिमपात : जनजीवन प्रभावित, मुक्तिनाथ अवलोकनमा नआउन प्रहरीको अनुरोध

पोखरा -  गण्डकी प्रदेशको हिमाली जिल्ला मुस्ताङमा भारी हिमपात भएपछि स्थानीय जनजीवन प्रभावित बनेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङले हिमपात भइरहेकाले यात्रामा कठिनाइ हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रहरीले सामाजिक सञ्जालमा सन्देश जारी गर्दै भनेको छ, ‘आज बिहानै मुक्तिनाथ लगायत उपल्लो मुस्ताङका क्षेत्रमा हिमपात भइरहेको र बाटो अवरुद्ध भएकाले यो क्षेत्रमा यात्रा नगर्नुहुन सम्पूर्ण यात्रु साथै सरोकारवालामा जानकारीको लागि अनुरोध गरिएको छ ।’ हिमपात भएपछि मुक्तिनाथलगायतका क्षेत्रमा गएकाहरू बाटोमै रोकिएका छन् ।

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update