Harsamaya
चलचित्र विधेयक पारित
विधायन व्यवस्था समिति बैठक ।

काठमाडौं - राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्था समितिले चलचित्र विधेयक पारित गरेको छ । 

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गदै पारित गरेको हो । चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा पेश गर्ने कार्यसूची रहेको छ ।

 बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनमार्फत उद्योगको रुपमा बिकास गर्न तथा स्वदेशी चलचित्रको बिकास, विस्तार, प्रवद्र्धन र नियमन गर्न नयाँ बन्ने कानूनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । चलचित्र क्षेत्रलाई समयानूकल बनाउन विधेयकले धेरै बिषय समेटेको उनको भनाइ छ । 

२०२६ सालमा बनेको चलचित्र ऐनलाई समयसापेक्ष परिमार्जन गरि संघीय संरचना र नयाँ प्रविधि अनुरुप बनाउन सरकारले चलचित्रसम्बन्धी विधेयक तर्जुमा गरेको थियो ।

विधेयकमा चलचित्र बिकास बोर्डलाई स्वायत्त र अधिकार सम्पन्न संस्थाका रुपमा बिकसित गर्नेदेखि नियम, जवाफदेहीता लगाएतमा समेत जोड दिइएको छ । 

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update