Harsamaya
नेपाल खुल्ला विश्वविद्यालयबाट ५४५ विद्यार्थी दीक्षित
खुल्ला विश्वविद्यालयबाट ५४५ विद्यार्थी दीक्षित ।

काठमाडौं - नेपाल खुल्ला विश्वविद्यालयबाट ५४५ विद्यार्थी दीक्षित भएका छन् । 

विश्वविद्यालयद्वारा प्रधानमन्त्री एवं कुलपति सुशीला कार्कीको प्रमुख आतिथ्यमा आज यहाँ आयोजित समारोहमा विज्ञान, स्वास्थ तथा प्रविधि संकाय, सामाजिक शास्त्र तथा शिक्षा संकाय र व्यवस्थापन तथा कानुन संकायका गरी पाँच सय ४५ उत्तीर्ण विद्यार्थी दीक्षित भएका हुन् ।

तीमध्ये समारोहमा एक सय ९१ जनाको उपस्थिति थियो ।

प्रधानमन्त्री कार्कीले स्नातक र स्नातकोत्तर तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई कुलपति पदकसमेत वितरण गरिन् ।

समारोहमा शिक्षाविद एवं त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा प्रमुख अतिथि रहेका छन् ।

विसं २०७३ मा स्थापित विश्वविद्यालयले हाल स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा अध्यापन गराउँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update