Harsamaya
 सुनको मूल्य तोलाको तीन लाख तीन हजार आठ सय
सांकेतिक तस्विर: हर समय/Har Samaya

काठमाडौं - स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।  शुक्रबारको तुलनामा आज प्रतितोला सुन दुई हजार ४०० र चाँदी दुई सय ९० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख तीन हजार ८०० त्यति नै चाँदीको मोल ६ हजार ४८० कायम भएको छ । 

गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य तीन लाख एक हजार ४०० र त्यति नै चाँदीको मोल ६ हजार १९० कायम भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९८७ र त्यति नै परिमाणको सेतो धातु १०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 
 

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update