सिन्धुपाल्चोक - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनाएका अजय श्रेष्ठ (भलक बहादुर श्रेष्ठ) चेक बाउन्स मुद्दामा मुछिएका व्यक्ति भएको खुलेको छ।
काठमाडौं जिल्ला अदालतको अभिलेखअनुसार लगत नम्बर २४८०९ र मुद्दा नम्बर ३८८१ मा अजय श्रेष्ठविरुद्ध चेक बाउन्ससम्बन्धी मुद्दा दर्ता भएको थियो। उक्त मुद्दाका जाहेरीकर्ता पवन राज भण्डारी रहेका छन्।
अदालतले सो मुद्दामा २०७५ साल मंसिर १९ गते फैसला गर्दै अजय श्रेष्ठलाई १५०० रुपैयाँ जरिवाना तोकेको देखिन्छ। यो मुद्दा चेक साटफेर ऐन अन्तर्गत परेको अदालतको फैसलामा उल्लेख छ।
निर्वाचनको मुखमा सार्वजनिक पदका उम्मेदवारसँग जोडिएका यस्ता कानुनी मुद्दाहरू बाहिरिनु मतदाता बीच चासोको विषय बनेको छ। यस विषयमा उम्मेदवार अजय श्रेष्ठ वा राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन।



