काठमाडौं - स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुन दुई हजार ९०० र चाँदी ५० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९२ हजार २०० त्यति नै चाँदीको मोल पाँच हजार ८७० कायम भएको छ ।
बुधबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार १०० र त्यति नै चाँदीको मूल्य पाँच हजार ९२० कायम भएको थियो । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल पाँच हजार ८८० कायम भएको थियो ।
गत आइतबार एक तोला सुन दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ६२५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ८१० मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६९५ र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

