Harsamaya
आज उम्मेदवारको नामावली प्रकाशन गरिंदै

काठमाडौं - निर्वाचन आयोगले  प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज प्रकाशन गर्दै छ ।   । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार  मङ्गलबार मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्न लागिएको आयोगले जनाएको छ । 

उम्मेदवारी दिएका पाँच उम्मेदवारविरुद्ध उजुरी परेको छ । उक्त उजुरीउपर जाँचबुझ एवं आवश्यक निर्णय गरी बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।  आयोगका अनुसार, भक्तपुर, सुनसरी, रौतहट, कैलालीबाट उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी परेको छ ।

माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update