Harsamaya
रामेछापमा उम्मेद्वार मनोनयन दर्तामा देखियो उत्साह
रामेछापमा नेताहरू मनोनयन दर्ता गर्दै ।

रामेछाप - आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रामेछाप जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा नेकपा एमालेका तर्फबाट माधव ढुङ्गेल, नेपाली कांग्रेसका रामचन्द्र खड्का, नेपाली कम्युनिष्ट पार्टीका श्यामकुमार श्रेष्ठ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डा.कृष्णहरि बुढाथोकीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयपत्र दर्ता गराएका हुन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टीलगायत अन्य दलका उम्मेदवारहरूले समेत मनोनयपत्र दर्ता गराएका छन् ।

मनोनयन दर्ता गर्नु अघि विभिन्न राजनीतिक दलहरूले बाजागाजासहित बजार परिक्रमा गर्दै शक्ति प्रदर्शन गरेका थिए । निर्वाचन नजिकिँदै जाँदा जिल्लामा राजनीतिक गतिविधि थप चहलपहलपूर्ण बन्दै गएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update