Harsamaya
सहकारी ठगी मुद्दामा रवि लामिछानेसँग १ करोड धरौटी माग
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने ।

काठमाडौं -  सहकारी ठगी मुद्दामा अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग १ करोड धरौटी माग्ने आदेश गरेको छ । 

मंगलबार पर्सा जिल्ला अदालतले लामिछानेसँग १ करोड धरौटी माग्ने आदेश गरेको हो । 

लामिछानेलाई पर्सा जिल्ला अदालतका न्यायाधीश रुद्रप्रसाद सुवेदीको इजलासले १ करोड धरौटी माग्ने आदेश गरेको छ । 

धरौटी बुझाउने प्रक्रियामा रहेको पर्सा जिल्ला अदालतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update