Harsamaya
कानुन बनाउने काममा अनुभवी छु, त्यसैले उम्मेदवार बनेको हुँ : घिमिरे
भरत कुमार घिमिरे ।

काठमाडौं - कानुन व्यवसायमा सक्रिय भरत कुमार घिमिरेले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

उनले काठमाडौं क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गरेका हुन् । यसअघि राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले पनि सोही ठाँउबाट उम्मेदवारी दर्ता गराएका थिए । आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।

सोही क्रममा घिमिरेले आफ्नो ठाँउबाट आवश्यक मेहेनत गरेर अघि बढ्ने भन्दै जनता र मतदाताको आवाजलाई सदनमा जस्ताको त्यस्तै लैजाने बताए ।

उनले भने, ‘आफ्नो ठाँउबाट आवश्यक मेहेनत गर्न सक्छु । म जनता र मतदाताको आवाजलाई सदनमा लानेछु ।’

साथै, उनले कानूनमा विशेषज्ञता, राजनीतिक शास्त्र र समाजशास्त्रमा योग्यता लिएर विगतमा पालिकाहरुको कानून बनाउने कामहरुमा अनुभव भएको कारण सदनको लागि उपयुक्त हुन सक्छ भन्ने ठानेर उम्मेदवारी दिएको बताए ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update