Harsamaya
सुनचाँदीको मूल्य निरन्तर उकालोतिर, तोलाको कति पुग्यो ?
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

काठमाडौं - स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर  वृद्धि भएको छ । विगत तीन दिनदेखि प्रतितोला रु दुई लाख ७७ हजारभन्दा अधिक मूल्यमा किनबेच भएको पहेँलो धातु  र चाँदीको मूल्य आज पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल पाँच हजार ८८० कायम भएको छ । 

गत आइतबार एक तोला छापावाल सुन दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ६२५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ८१० मा खरिदबिक्री   भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६९० र त्यति नै परिमाणको सेतो धातु ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको हो ।
 

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update