Harsamaya
चुनाव नलड्ने देउवाको घोषणा
नेपाली काँग्रेसका निवर्तमान सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा ।

काठमाडौं - आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसका निवर्तमान सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार नहुने भएका छन् । देउवाका स्वकीय सचिव भानु देउवाले सार्वजनिक जानकारी दिँदै सभापति देउवा आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार नबन्ने स्पष्ट पारेका हुन् । 

निवर्तमान सभापति देउवाले डडेलधुराबाट चुनाव लड्न टिकट मागिरहेका थिए, तर काँग्रेसले दिन मानिरहेको थिएन। विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले देउवालाई संरक्षक रहँदै अभिभावकीय भूमिका निर्वाह गर्न भनेको थियो।

देउवाले २०४८ सालदेखि निरन्तर डडेलधुराबाट चुनाव लड्दै र जित्दै आएका थिए। उनी अहिलेसम्म सात पटक निर्वाचित भइसकेका छन्। गृहमन्त्रीका रूपमा सरकारमा प्रवेश गरेका देउवा पाँच पटक प्रधानमन्त्री भए।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update