कहाँ बसेर कुन मापदण्डमा टिकट वितरण भएको हो थाहा छैनः डा. शेखर
काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको सचिवालयले विज्ञप्ती जारी गर्दै टिकट वितरणको विषयमा नेता शेखर कोइराला अनविज्ञ रहेको बताएको छ ।
उनको सचिवालयबाट मिडियामा आएको विज्ञप्तीमा देशैभरबाट टिकट माग्न आउँने नेताहरुको भिड भने कोइरालाको सचिवालयमा लागिरहेको जानकारी दिएको छ।
‘तर कहाँ बसेर कसरी र कुन मापदण्डमा टिकट बाँडिदैछ त्यसको अहिलेसम्म कुनै जानकारी छैन‚’ सचिवालयले भनेको छ। यस्तै सचिवालयले पार्टी सभापति गगन थापासँग नेता कोइराला मिलेर जाने भन्ने आएका समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ।
‘आज सम्म विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिका कसैले पनि कुनै पनि माध्यमबाट डा शेखर कोइरालासँग सम्पर्क र कुराकानी गर्नुभएको छैन,’ सचिवालयले जानकारी गराएको छ।
प्रकाशित मिति: सोमबार, माघ ५, २०८२ १५:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

