Harsamaya
प्रतिनिधिसभा निर्वाचनः समानुपातिक उम्मेदवारको संख्या ३ हजार २१३
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरिएको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, राजनीतिक दलबाट पेस भएका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरिएको हो।

समानुपातिक तर्फबाट ११० जना र प्रत्यक्ष तर्फबाट १६५ जना निर्वाचित हुन्छन् । ११० सिटका लागि ६३ राजनीतिक दलबाट ३ हजार २१३ जना उम्मेदवारको नाम पेस भएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगले प्रकाशन गरेको बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दावी विरोध गर्न चाहने मतदाताले यही माघ १० गतेसम्म निवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  २१:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update