निधि भन्छन्: रूख र चारतारे अनाधिकृत व्यक्तिले अपहरण गर्यो
काठमाडौं - नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी आफूहरूबाट हाइज्याक भएको भन्दै निर्वाचन लड्न गाह्रो हुने बताएका छन्।
उनले निर्वाचन आयोगले असंवैधानीक तवरले दिएको निर्णय सर्वोच्च अदालतले सच्याउने आशा रहेको पनि बताए।
उनले अदालतले आफूहरूलाई आधिकारिकता नदिए चुनाव लड्न नसकिने धारणा राखे।
‘पर्सी नोमिनेसन छ। पार्टी हामीसँग छैन, अनाधिकृत व्यक्तिले अपहरण गरेको छ,’ उनले भने, ‘रूख छैन । चारतारा छैन । कसरी चुनाव लड्न सकिन्छ?’
निधिले आधिकारिक कांग्रेस आफूहरू भएको भन्दै आइतबार रिट निवेदन दर्ता गरेको पनि जानकारी दिए। आजै रिटमा पेशी तोक्न अनुरोध गरेपनि अदालतले उक्त अनुरोधलाई स्वीकार नगरेको पनि उनले गुनासो गरे ।
प्रकाशित मिति: आइतबार, माघ ४, २०८२ १४:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

