निर्वाचन आयोगको निर्णय बदर माग गर्दै देउवा पक्ष सर्वोच्चमा, ६ गतेलाई पेसी तोकियो
काठमाडौं - नेपाली कांग्रेसको आधिकारिकता गगन थापा पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध रिट लिएर शेरबहादुर देउवा पक्षका नेताहरु सर्वोच्च अदालत पुगेका छन् ।
रिट दर्ता भइसकेको सर्वोच्च प्रशासनले जनाएको छ । सर्वोच्चले भोलि सार्वजनिक बिदा भएकाले ६ गतेलाई पेसी तोकेको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का, विमलेन्द्र निधिलगायतका नेताहरु आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश माग्दै सर्वोच्च गएका हुन् ।
गगन थापा नेतृत्वको समूहले विधि विपरीत विशेष महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरेको हुँदा उक्त महाधिवेशन अवैध घोषणा गर्न अदालतसँग माग गरिएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ४, २०८२ १२:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

