एमालेले इलामबाट नेम्वाङ र कागतेलाई उम्मेदवार बनायो
काठमाडौं - प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको छ ।
निर्वाचन क्षेत्र नं १ मा काजीमान कागते र क्षेत्र नं २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइएको छ । नेकपा एमालेको शनिबारको सचिवालय बैठकबाट १६५ मध्ये १४१ निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट भएका हुन् ।
नेम्वाङ निवर्तमान संघीय सांसद छन् भने कागते पूर्वप्रदेशसभा सदस्य हुन् । नेम्वाङ इलाम क्षेत्र नं २ बाट गत उपनिर्वाचनमा २७ हजार ७७२ ल्याएर विजयी हुनुभएको थियो । उम्मेदवार चयन भएका कागते कोशी प्रदेशसभाका पूर्वसदस्य हुन् ।
निर्वाचन हुन अब ४६ दिन बाँकी छ । प्रत्यक्षतर्फ मनोनयन दर्ता यही माघ ६ गते हुनेछ ।
प्रकाशित मिति: आइतबार, माघ ४, २०८२ ११:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

