Harsamaya
सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो
सांकेतिक तस्विर: हर समय/Har Samaya

काठमाडौं -  विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ । चाँदीको मूल्यमा भने केही उतारचढाब आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ७७ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको सेतो धातुको मोल पाँच हजार ६२५ निर्धारण भएको छ । 

गत बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ७६ हजार ५०० र शुक्रबार दुई लाख ७७ हजार २०० मा कारोबार भएको थियोभने बिहीबार  एक तोला चाँदी पाँच  हजार ४८५ र शुक्रबार पाँच हजार ६४५मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव, डलर विनिमय दर तथा भूराजनीतिक अनिश्चितताका कारण स्थानीय बजारमा पनि मूल्य प्रभावित भएको महासंघले जनाएको छ । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५९६ र त्यति नै तौलको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ । 
 

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update