Harsamaya
कस्तो रहला आज देशभरको मौसम ?
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानहरूमा तुँवालो लागेको छ । पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

 

 

प्रकाशित मिति: शनिबार, माघ ३, २०८२  ०६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update