Harsamaya
बुधबार कति पुग्यो सुन चाँदीको मूल्य ?
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको हो ।

मंगलबार छापावाल सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ३ सय १५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी एक तोला ५ हजार ६ सय ५५ रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँ कायम थियो ।

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update