 
                                                            काठमाडौं - नेपाली सेना भन्नासाथ हरेक नेपालीको छाति गर्वले ढुक्क फुल्छ । सेना व्यवसायिक, इमान्दार र नैतिकवान मात्रै होइन शक्तिशाली निडर र व्यवस्थित हुन्छन् भन्ने आम जनमानसमा छाप परेको छ । अहिलेको परिप्रेक्ष्यमा नेपाली सेना देशको सबैभन्दा धनी संस्था भन्दा अन्यथा नहोला । सेनाले पेट्रोल पम्प, मेडिकल कलेज र सपिङ सेन्टर सञ्चालन गरेको छ । संसारमा विरलै होला सेनाले व्यवसाय पनि गरेको । तर, नेपाल त्यस्तो ठाउँ हो जहाँ सरकारी तलब खाने सेनाहरू व्यवसाय गर्छन् ।
यति संस्थागत, व्यवसायिक र दक्ष भएको सेनाको केही दिन अघि सकिएको ‘फोटो तथा वृहत् प्रदर्शनी’ भने त्यति व्यवस्थित भएको देखिएन । १५ गतेबाट सुरु भएर १८ मा सकिएको प्रदर्शनीको सुरुका दिनमा भनिएका स्टलहरू सबै खोलिएका थिएनन् । सेना जस्तो व्यवस्थित संस्थाले स्टलहरू तयारी नहुँदै प्रदर्शनी सुरु गर्नु लाजमर्दो कुरा हो ।
शौचालय अव्यवस्थित
नेपाली सेनाले फोटो तथा वृहत् प्रदर्शनीमा सर्वसाधारणलाई नि:शुल्क प्रवेशको व्यवस्था गरेको थियो । सर्वसाधारणको पनि बाक्लो उपस्थिति थियो । तर, सबैलाई आवश्यक पर्ने शौचालय भने सेनाले व्यवस्थित गर्न सकेको देखिएन । मोबाइल ट्वाइलेटको जमानामा सेनाले खाल्डो खनेर शौचालयको व्यवस्था गरेको थियो ।

उपत्यकाका सर्वसाधारणले खाल्डोमा सौच गर्न छाडेको वर्षौ भयो तर सेनाको हेडक्वाटरमा अझै खाल्डोमा नै सौच गर्ने चलन रहेछ । खाल्डे ट्वाइलेटमा महिला पुरुष छुट्याइएको थिएन । सर्वसाधारण भनेपछि त्यहाँ अपांग भएका व्यक्ति,वृद्धवृद्धा, बालबालिकाहरू पनि आउँछन् भन्ने सेनाले थाहा नपाएको हो वा ती ट्वाइलेट पनि प्रदर्शनीमा राखिएको बुझ्न सकिएन ।
खाल्डोमा पिसाब भरिएर बाहिरसम्म आएका थिए । जो कोही गन्हाएर जान सक्ने अवस्था थिएन । अर्कोतर्फ सबैलाई पिसाब मात्रै लाग्छ भन्ने छैन । प्रदर्शनीमा आउनेलाई दिशा आयो भने कहाँ के गर्ने पत्तो थिएन । 

यामह बाइक सेलमा
सेनाले सेना दिवसको अवसर पारेर प्रदर्शनी आयोजना गरेको थियो । त्यहाँ सेनाका इतिहास झल्कने सामग्री र फोटोहरू हुन्छन् भन्ने अनुमान थियो । तर सेनाको प्रदर्शनीम यामाह बाइक र स्कुटर सेलको स्टल थियो । अझ विना ब्याजमा भनेर विज्ञापन गरिएको थियो । के सेना अब बाइकको स्टल राखेर कमिसन खानतिर लागेको हो ? कि सेनाले यामाह बाइक बनाउन लागेको हो ? यदि बाइक नै बनाउन थालेको भए राम्रो नै भयो ।

सेनामा अनुशासन 
अनुशासन मानव जीवनमा महत्वपूर्ण कुरा हो । सेनामा त झन यो अपरिहार्य छ । तर, जंगी अड्डामा ड्युटीमा रहेका सेनाहरूमा अनुशान नदेखिएको त्यहाँ प्रदर्शनी हेर्न पुगेका सर्वसाधरणले बताएका छन् । सेनाका जवानहरू गफ गर्ने, मोबाइल फोनमा व्यस्त रहने, जिस्किने गरिरहेका थिए ।
हिजोको इतिहास देखाइरहेको सेनाले आजको वर्तमानमा भने अनुशासन पोलेर खाएको देखिन्थ्यो । नेपाली सेनाको प्रदर्शनी माछा बजार जस्तै थियो । त्यहाँ सर्वसाधारणभन्दा सेनाको ड्रेस लगाएकाहरूको भिड थियो । विभिन्न झाँकी तथा नृत्यहरू देखाउने स्थानहरूमा कम्बयाट ड्रेस लगाएकाहरू होहल्ला गर्दै दायाबाया गरिरहेका थिए ।  

प्रदर्शनीमा के के थिए ?
सेनाको प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, राष्ट्रिय सेवा दलका साथै सैनिक विद्यालय लगायत गतिविधिको प्रदर्शनी राखिएको थियो । तर, ०६२/६३ को जनआन्दोलनमा सेनाले खेलेको भूमिकाकाबारे भने प्रदर्शनी मौन थियो । त्यो समयका केही गतिविधि सेनाले राखेको थिएन । 



 
                                                ![मेनस्ट्रीमका मिडियाले मेरो सामूहिक बलात्कार र हत्या गरे : खगेन्द्र सुनार [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/Khagendra-1761903117.jpg) 
                                                 
                                                ![जेनजी विद्रोह राजनीतिक कारण मात्र नभइ कर्मचारी प्रशासनको कमजोरी पनि हो : महासचिव प्रकाश राई [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/prakasha-rai-1761838689.jpg) 
                                                 
                     
                     
                     
                     
                     
                    