काठमाडौं - ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा एकैसाथ वृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
बैङ्कले १९औँ वार्षिकोत्सवका अवसरमा घोषणा गरेका १९ वटा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अन्तर्गत वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
ग्लोबल आइएमई बैङ्क १९ वर्ष पुरा गरी २०औँ वर्षमा प्रवेश गरेको अवसरमा मुलुकका सात वटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमअन्तर्गत, कोशी प्रदेशको तीन पैनी शाखा, मधेश प्रदेशको बर्दिबास शाखा, बाग्मती प्रदेशको कान्ति पथ शाखा र नारायणगढ शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशको चौराहा बुटवल शाखा र नेपालगंज शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
यस्तै,ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा ५५८ रक्तदाताहरूले रक्तदान गरेको बैङ्कले जनाएको छ ।
बैंकका अनुसार उक्त कार्यक्रमबाट सङ्कलन भएको रगत गरिब, विपन्न तथा न्यून आय भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखी वितरण हुनेछ ।
बैङ्कले बैङ्क अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैङ्क २०१६, बेष्ट बैङ्क नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैङ्क ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ ।

