Harsamaya
सुर्य थापाको टिप्पणी : एमाले अपसंस्कारी जिउँदो छोराको पार्टी किमार्थ होइन
नेकपा (एमाले)का नेता सूर्य थापा ।

काठमाडौं - नेकपा (एमाले)का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवालाई बाहिर राखेर विशेष महाधिवेशन आयोजना गरी एमालेलाई गाली गरेकोप्रति कटाक्ष गरेका छन् ।

कांग्रेस नेताहरूको उक्त गतिविधिलाई सङ्केत गर्दै थापाले एमालेको चरित्र त्यस प्रकारको नभएको स्पष्ट पारे ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता थापाले ‘नेकपा (एमाले) वृद्ध बुबालाई अपमानपूर्वक वृद्धाश्रममा धपाएर घर–सम्पत्ति कब्जा गरी ढलीमली गर्न चाहने अपसंस्कारी जिउँदो छोराको पार्टी किमार्थ होइन’ भनेर टिप्पणी गरेका छन् ।

उनले यस्तो राजनीतिक संस्कारप्रति सचेत रहनुपर्ने आवश्यकता औँल्याउँदै ‘चेतना भया!’ भन्ने शब्द प्रयोग गरेका छन् ।

थापाको यो प्रतिक्रिया नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग बढ्दै जाँदा सभापति देउवालाई किनारामा राखेर अघि बढ्ने प्रयास भएको आरोपसँग जोडिएको छ ।

उनको अभिव्यक्तिलाई एमालेको आन्तरिक एकता, नेतृत्वप्रतिको सम्मान र राजनीतिक संस्कारको पक्षमा गरिएको स्पष्ट सन्देशका रूपमा लिइएको छ ।

हाल कांग्रेसमा विशेष महाधिवेशनको विषयले आन्तरिक बहस चर्किँदै गएको सन्दर्भमा थापाको धारणा सार्वजनिक भएको हो । उनले लेखेका छन् ,‘नेकपा(एमाले)–वृद्ध बालाई अपमानपूर्वक वृद्धाश्रम धपाएर घर–सम्पति कब्जा गरी ढलीमली गर्न चाहने अपसंस्कारी जिउँदो छोराको पार्टी किमार्थ होइन।चेतना भया ! ’

प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update