काठमाडौं - नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू विशेष महाधिवेशनस्थल नजाने बताएका छन् । सोमबार आफूनिकटका केन्द्रीय सदस्य, जिल्ला सभापति र कानुन व्यवसायीसँगको परामर्शमा उनले आफू विशेष महाधिवेशनस्थल नजाने बताएका हुन् ।
कति साथीहरूले तपाईं जानुपर्छ भन्नुभएको छ उनले भने तर म जानेवाला छैन । पार्टी ब्रेकअपको बाटोमा गइसकेको उनले दावी गरे । ‘पार्टी ब्रेकअपको बाटोमा गइसकेको छ’ उनले भने ‘जाने भनेको मिलेर जाने हो ।’
उनले पार्टी सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र गगन-विश्व र गुरु घिमिरेसँग मिलेर जानुपर्नेबारे आफूले बारम्बार कुरा गरेको बताए ।
उनले नेतृत्व चयन छाडेर विशेष महाधिवेशनको बन्द सत्रमा के के गर्ने हो त्यो लिखित रुपमा थाहा पाए महाधिवेशनस्थल जाने बताए । उनले आफ्नो समूह मात्रै गएर मात्रै केही नहुने भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि लिएर जाने बताए ।

