Harsamaya
सम्पत्ति शुद्धीकरण रोक्न क्यासिनोमा कडाइ, दुई लाख माथिको खर्चमा ग्राहक पहिचान अनिवार्य
क्यासिनो । प्रतिकात्मक तस्वीर : हर समय/Har Samaya

काठमाडौँ - क्यासिनो कारोबारलाई थप पारदर्शी र कानुनअनुसार सञ्चालन गर्न सरकारले कडाइ बढाएको छ । अब क्यासिनोमा दुई लाख रुपैयाँभन्दा बढी खर्च गर्ने ग्राहकको विवरण अनिवार्य रूपमा सङ्कलन गरी सुरक्षित राख्नुपर्ने व्यवस्था लागू गरिएको छ ।

पर्यटन विभागले क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन २०८२ लाई संशोधन गर्दै यस्तो व्यवस्था लागू गरेको हो । विभागका अनुसार सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा हुने वित्तीय लगानी नियन्त्रण गर्न क्यासिनो क्षेत्रलाई निगरानीको दायरामा ल्याइएको हो । 

नयाँ निर्देशनअनुसार क्यासिनोमा हुने ठूला आर्थिक कारोबारको अभिलेख राखेर आवश्यक परे सम्बन्धित निकायलाई उपलब्ध गराउनुपर्नेछ । यसले अवैध धनको प्रयोग रोक्न र क्यासिनो व्यवसायलाई व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । 

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ तथा पर्यटन ऐन, २०३५ (संशोधनसहित) ले दिएको अधिकार प्रयोग गरी निर्देशन जारी गरिएको विभागले जनाएको छ । उक्त व्यवस्था तुरुन्तै लागू हुने पनि विभागको स्पष्टोक्ति छ ।

प्रकाशित मिति: शनिबार, पुस २६, २०८२  ०६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update