Harsamaya
सुनचाँदीको मूल्य घट्यो
प्रतिकात्मक तस्विर ।

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला २ हजार सय रुपैयाँले सुनको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १०० रुपैयाँले घटेको हो।

बुधबार चाँदी प्रतितोला ४ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको थियो भने आज घटेर ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update