Harsamaya
गुण्डुस्थित ओलीको निवासमा  ओली  र लिङ्देनबिच भेटवार्ता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन ।

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भेटवार्ता गरेका छन् ।  लिङ्देनले भक्तपुरको गुण्डुस्थित ओलीको निवासमा पुगेर बुधबार साँझ भेटवार्ता गरेका हुन् ।  भेटवार्ताका क्रममा  लिङ्देनले  पृथ्वी जयन्तीको अवसरमा पार्टीले आयोजना गरेको चियापानको निम्तो दिएका छन् । 

साथै, राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।उनीहरूबिच समसामयिक राजनीतिक परिस्थितिको गहिरो विश्लेषण र लामो संवाद भएको पनि बताए ।

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update