Harsamaya
कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सर्यो
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय ।

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सरेको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेको लागि सरेको हो । 

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरू टुङ्गो लगाउनेबारे छलफल हुने बताइएको छ । 

बैठकले उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलबारे निर्णय गर्नेछ । 

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update