Harsamaya
धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सिरहा प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय सिरहा ।

सिरहा - जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको धार्मिक, जातीय तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले आज सूचना जारी गर्दै समाजमा वैमनस्यता फैलाउने कार्य नगर्न सचेत गराएका हुन् ।

प्रशासनद्वारा जारी विज्ञप्तिमा एक समुदायले अर्को समुदायको धर्म, संस्कृति र आस्थामा आँच पुर्‍याउने, घृणा फैलाउने वा कसैको मानमर्दन गर्ने कार्यहरू राष्ट्रिय एकता र सामाजिक सौहार्दताको विरुद्ध हुने उल्लेख गरिएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक अफवाह फैलाउने र साम्प्रदायिक भावना भड्काउने प्रयासहरू भइरहेको भन्दै प्रशासनले यस्ता क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला प्रशासन कार्यालयले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा हुने गतिविधिहरूको सूक्ष्म निगरानी भइरहेको स्पष्ट पारेको छ । 

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  २१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update