Harsamaya
सुनचाँदीको मूल्य घट्यो
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज २ हजार १ सय रुपौँयाले सुनको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार ५ रुपैयाँ कायम भएको छ ।

शुक्रबार सुनको मूल्य २ लाख ६२ हजार ५ रुपैयाँ कायम भएको थियो ।

सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेको छ । शुक्रबार ४ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेका चाँदी आज ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update