काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी भित्रको पछिल्लो अवस्थाका बारेमा काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्यहरू, जिल्ला सभापति लगायत महत्वपूर्ण साथीहरूसँग अन्तरक्रिया गरी राय लिएका छन् ।
शनिबार बिशालनगरस्थित शेखर कोइरालाको सम्पर्क कार्यालयमा भएको छलफलमा अहिलेको विषम परिस्थितिको समुचित निकास के हुन सक्छ ? राष्ट्रमा देखिएको संकटको समाधान र पार्टीभित्रको द्वन्दलाई सुरक्षित अवतरण कसरी हुन सक्छ भन्ने लगायतका विषयमा छफफल भएको हो ।

त्यसैगरी हिजो कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णय र महामन्त्रीहरूले उठाएको विशेष महाधिवेशनका सम्बन्धमा कसरी समन्वय गर्न सकिन्छ ? आगामी आम निर्वाचनमा एकताबद्ध रूपमा कसरी अगाडि बढ्न सकिन्छ ? भन्ने विषयहरुमा पार्टीभित्र देखिएको दुवै पक्षलाई एक सूत्रमा ल्याउने उपायहरुका बारेमा समेत उक्त बैठकमा विस्तृत छलफल भएको कोइरालाको सचिवालयले जनाएको छ ।
हालै पार्टीको अनुशासन समितिले गरेका कारवाहीको फुकुवाका सम्बन्धमा जो जो व्यक्तिहरू जुन जुन पदमा थिए उनीहरू तत् तत् पदमा कायम रहनुपर्नेमा समेत सहभागीहरुले जोडदार माग गरेको थिए ।
आगामी आम निर्वाचनमा एक भएर अघि बढ्नु समयको माग एवं आवश्यकता हो भन्नेमा उपस्थित सबै नेताहरुको एकमत थियो।

