काठमाडौं - नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले नियमित महाधिवेन मितिमै सिमित भएकाले विशेष महाधिवेशनमा गएको बताएका छन् । केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग बोल्दै शर्माले विशेष महाधिवेशनका कारण पार्टी नफुट्ने बताएका छन् ।
‘धेरै साथीहरूले देशभरबाट पार्टी फुट्न लागेको हो भनेर चासो राख्नुभएको छ’, उनले भने, ‘म सबैलाई ढुक्कसाथ भन्न चाहान्छु पार्टी कुनै हालतमा हुँदैन ।’ उनले काँग्रेसले सद्भावको सुशासनको र संम्मुनतिको सवालमा सिंगो देशलाई एक ढिक्का पारेर लाने जिम्मेवारी भएकाले पार्टी नफुट्ने दावी गरे ।
उनले आजको कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनको निर्णय गरेर जानुपर्ने बताए । महामन्त्रीद्वय शर्मा र गगन थापाले पुस २७ र २८ गते विशेष महाधिवेशनको आव्हान गरेका छन् । जसमा संस्थापन पक्षले भने असहमति जनाउँदै आएको छ ।

