Harsamaya
विशेष महाधिवेशनको ‌‌‌‌औचित्य सकियो - विमलेन्द्र निधि 
नेपाली काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधि ।

काठमाडौं - नेपाली काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधि विशेष महाधिवेशनको ‌‌‌‌औचित्य सकिएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै निधिले विशेष महाधिवेशनको मंसिर १५ गते नै सकिएकाले विशेष महाधिवेशन नहुने बताएका छन् । 

उनले हलबुकबारे थाहा नभएको बताए । ‘हल बुक बारे थाहा छैन । विशेष महाधिवेशनको ओचित्य मंसिर १५ मा सकिसक्यो , विशेष महाधिवेशन हुँदैन’, उनले भने । 

काँग्रेस निर्वाचनमा जाने तयारीमा रहेको उनले बताए । ‘हामी पार्टी निर्वाचनमा जाने तयारी छ’, उनले भने, ‘अब पार्टी  निर्वाचनमा गयो ।’

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update