Harsamaya
निकोलस भुसाल र सरकार बिच भएको वार्ता असफल 
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- आमरण अनशनरत डा. निकोलस भुसाल र हरिश विष्टको अनशन तोडाउन सरकार र भुसाल पक्षबीच बिहीबार भएको वार्ता निष्कर्षविहीन भएको छ।

पछिल्लो ९ दिनदेखि आमरण अनशनमा रहेका दुवैसँग सरकारले गरेको वार्तामा सहमति जुट्न नसकेको हो।

डा. भुसाल र विष्टले २१ फागुनमा तय गरिएको निर्वाचन स्थगित गरी प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन गरिनुपर्ने, भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने, तथा विभिन्न अभियोगमा प्रहरी नियन्त्रणमा रहेका जेनजी आन्दोलनमा सहभागी युवाहरूलाई तत्काल रिहा गर्नुपर्ने माग राख्दै अनशन सुरु गरेका हुन्।

माइतीघरमा अनशनरत दुवैको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो। सोही दिन बेलुकी गृहमन्त्री ओमप्रकाश अर्याल अस्पताल पुगेर डा. भुसालसँग भेटवार्ता गरेका थिए।

प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  २१:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update