Harsamaya
आज ७ हजार ९ सयले सुनको मूल्य घट्यो
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज ७ हजार ९ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ ।

हिजो सोमबार सुनको मूल्य २ लाख ७० हजार कायम भएको थियो भने आज घटेर २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको हो ।

सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि घटेको छ । सोमबार ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update