Harsamaya
नेपाली कांग्रेसले अझै बुझाउन सकेन समानुपातिक उम्मेदवारको बन्दसूची

काठमाडौं - निर्वाचन आयोगमा नेपाली कांग्रेसले आफ्नो पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूची अझै बुझाएको छैन । 

आज  बिहान  महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियार आयोग पुगे पनि बन्दसूचीमा सभापति शेरबहादुर देउवाको हस्ताक्षर नभएपछि  बन्दसूची बुझाउन सकेका छैनन् । 

कांग्रेस मुख्यसचिव कृष्ण पौडेल र प्रचार विभाग प्रमुख मीन विश्वकर्मा सभापति देउवाको हस्ताक्षर गराउन महाराजगन्ज पुगे पनि नफर्किएकोले बन्दसूची बुझाउन विलम्ब भएको हो । 

कांग्रेसभित्र विभिन्न समूहका नेताहरूबिच देखिएको रस्साकस्सीका कारण उम्मेदवार छनोट प्रक्रिया ढिलाइ भएको थियो । संस्थापन पक्ष र इतर पक्षबिचको विवादले सूची टुङ्ग्याउन समय लागेपछि अबेर मात्र टोली आयोग पुगेको थियो । 

प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  ०६:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update