Harsamaya
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?
सांकेतिक तस्विर: हर समय/Har Samaya

काठमाडौं - आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ ।  

। जुन मूल्य हालसम्मकै उच्च हो । शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य समेत ४ हजार ८३५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी ४ हजार ५६५ रुपैयाँ थियो । 

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update