Harsamaya
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम
सांकेतिक तस्वीर; हर समय/Har samaya

काठमाडौं - देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार  कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ ।

तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ । 

महाशाखाका अनुसार दिउँसो तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका तराई भू-भागमा बिहान केही समय तथा बाँकी तराई भू-भागमा मध्यान्नसम्म कुहिरोको समेत सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ ।

 

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  ०६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update