Harsamaya
सिन्धुपाल्चोक १ बाट सापकोटा र २ बाट दुलालको नाम एकल सिफारिस 
क्रमश दुलाल र सापकोटा

सिन्धुपाल्चोक- नेपाली कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। पार्टीले दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको हो।

पार्टीले निर्वाचन क्षेत्र -१ बाट आगामी निर्वाचनका लागि माधव सापकोटा 'सुबोध' को एकल नाम सिफारिस गरेको छ।  पार्टीको आज खाडीचौरामा बसेको १ नं क्षेत्रीय समितिको बैठकले सापकोटाको एकल नाम सिफारिस गरेको हो ।

बैठकमा पूर्व सांसद द्वय राजकुमार श्रेष्ठ र सिंह बहादुर विश्वकर्माले सापकोटाको नाम प्रस्ताव गरेका थिए भने बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले समर्थन गरेका थिए ।  सापकोटा यसअघि सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।

यस्तै निर्वाचन क्षेत्र -२ बाट आगामी निर्वाचनका लागि युवराज दुलाल 'सरद्स' को एकल नाम सिफारिस गरेको छ। पार्टीको  मेलम्चीमा बसेको २ नं क्षेत्रीय समितिको बैठकले दुलालको एकल नाम सिफारिस गरेको हो ।  हाल बागमती प्रदेश सदस्य रहेका दुलाल यसअघि पटक पटक मन्त्री भएका थिए ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  २१:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update