Harsamaya
बाह्रबिसेमा कांग्रेसको विशाल आमसभा हुने
केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नतेको प्रमुख आतिथ्यतामा हुने आमसभामा नेताहरू भोला बोहोरा, डा. प्रेमध्वज लामा, दोर्जे लामा, वेद बहादुर श्रेष्ठ र यस्मिन ढुंगाना ।

सिन्धुपाल्चोक - नेपाली काँग्रेसले बाह्रबिसेमा विशाल आमसभा गर्ने भएको छ । क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिले शुक्रबार खुर्सानीबारी फुटबल मैदानमा विशाल आमसभा गर्न लागेको हो । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नतेको प्रमुख आतिथ्यतामा हुने आमसभामा नेताहरू भोला बोहोरा, डा. प्रेमध्वज लामा, दोर्जे लामा, वेद बहादुर श्रेष्ठ र यस्मिन ढुंगाना अतिथि छन् । 

पूर्व मन्त्री बस्नेतले जेनजी आन्दोलनपछि सिन्धुपाल्चोकको बाह्रबिसेमा काँग्रेसले विशाल आमसभा गर्न लागेको बताए । क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले पनि आमसभाको सबै तयारी पूरा भएको जानकारी दिए । 

आमसभामा केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि तथा कार्यसमितिका पदाधिकारी तथा सदस्य, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, क्षेत्रीय समिति तथा क्षेत्रीय प्रतिनिधिहरू, प्रदेश कार्यसमिति पदाधिकारी तथा सदस्यहरू, पालिका सभापति तथा कार्यसमिति, वडा सभापति, नेविसंघ, किसान संघ, महिला संघलगायत सबै भातृ तथा शुभेच्छुक संस्थाका सभापति तथा पदाधिकारीलाई आमन्त्रण गरिएको सभापति बस्नेतले बताए ।

सबैलाई कार्यक्रममा उपस्थित हुन पनि उनले आग्रह गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  १०:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update