देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराई भू-भागमा हुस्सु र कुहिरो
काठमाडौं - देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल तराईका अधिकांश स्थानहरूमा कुहिरो लागेको छ । तराई भू-भागमा हुस्सु रहने महाशाखाले जनाएको छ ।
पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ । आज दिउँसो देशका तराई भू-भागमा हुस्सु/कुहिरो रहनेछ । कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२ ०६:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

