Harsamaya
राप्रपा र राप्रपा नेपालबीच एकता हुने
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा ।

काठमाडौं - राप्रपा र राप्रपा नेपालबीच एकता हुने भएको छ । बुधबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाको पार्टीबीच एकता गर्ने सहमत्ति भएको हो ।

 एकता घोषणा सभा पुस १६ गते राष्ट्रिय सभा गृहमा हुनेछ । राप्रपाको गत महाधिवेशनमा अध्यक्षमा लिङ्देन विजयी भएपछि थापाले राप्रपा फुटाएर राप्रपा नेपाल बनाएका थिए । 

प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  १९:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update