सुनचाँदीको मूल्य आकाशियो, तोलाको कति पुग्यो ?
काठमाडौं - बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला नौ सयले बढेर २ लाख ६८ हजार १०० मा कारोबार भइरहेको छ ।
मंगलबार सुन २ लाख ६७ हजार २०० मा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी १६५ रुपैयाँले बढेर ४ हजार ४२० मा कारोबार भइरहेको छ । मंगलबार सुन ४ हजार २५५ मा कारोबार भएको थियो ।
प्रकाशित मिति: बुधबार, पुस ९, २०८२ ११:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

