प्रतिनिधिसभाको पुन:स्थापना माग गर्दै दायर भएको रिटमा आज सुनुवाइ हुँदै
काठमाडौं - प्रतिनिधिसभाको पुन:स्थापनाको माग गर्दै सांसदहरूले दायर गरेको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ ।
६८ जना निवर्तमान सांसदले दायर गरेको रिटको सुनुवाई आज हुन लागेको हो ।
नेपाली कांग्रेसका ६५ र अन्य दलका ३ सहित ६८ सांसदले मंगलबार सर्वोच्च अदालतमा वारेसमार्फत पूरक रिट दर्ता गराएका थिए ।
यसअघि कांग्रेसका ८ सांसदले मंसिर २३ गते रिट दर्ता गरेका थिए भने थप ६० सांसद पनि प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित सर्वोच्च पुगेका हुन् ।
प्रतिनिधिसभा पुनःस्थापना लागि कांग्रेसबाहेक अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि हस्ताक्षर गरेका छन् ।
यसअघि नै नेकपा एमालेका ७५ सांसदले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा हस्ताक्षर बुझाइसकेका छन् ।
प्रकाशित मिति: बुधबार, पुस ९, २०८२ ०९:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

