आजको मौसम: तराई भू-भागमा हुस्सु र कुहिरो
काठमाडौं - देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल तराईका धेरै स्थानहरूमा हुस्सु, कुहिरो लागेको छ ।
आज तराई भू-भागमा हुस्सु/कुहिरो रहनेछ । पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ । दिउँसो कोशी प्रदेशका तराई भू-भागमा मध्यान्न सम्म तथा बाँकी तराई भू-भागमा दिनभर हुस्सु/कुहिरो रहनेछ । पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
प्रकाशित मिति: बुधबार, पुस ९, २०८२ ०६:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

